सनिशलाई उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीबाट सम्मान गरिने

पाेखरा | माघ २१, २०८१

सनिशलाई उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीबाट सम्मान गरिने

पोखरा:     सहारा क्लब पोखरा यो वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान राष्ट्रिय फुटबल टोलीका सनिश श्रेष्ठले पाउने भएका छन् ।


प्रतिभा छनोट समितिको बैठकले सनिशलाई सम्मान प्रदान गर्ने निर्णय गरेको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिएका छन्।


पुरस्कार राशि ५० हजार ५ सय ५५ रुपैयाँ र सम्मानपत्र रहेको छ । पुरस्कारको रकम क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङले प्रायोजन गर्दै आएका छन् ।


तनहुँको पुर्कोटका सनिश विगत ७ वर्षदेखि फुटबल खेलिरहेका छन् । नेपाली फुटबल क्षेत्रमा उत्कृष्ट योगदान दिएवापत क्लबले बर्सेनि एक जना राष्ट्रिय टोलीको फुटबल खेलाडीलाई पुरस्कृत गर्दैआएको छ ।


यसअघि भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट, अनन्त तामाङ र आयुष घलान यो‌ पुरस्कारबाट सम्मानित भइसकेका छन् ।
प्रतियोगिता उद्घाटन अवसरमै मंगलवार सनिशलाई उत्कृष्ट सम्मान गरिनेछ ।

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई...

थप पढ्नुहोस्

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

थप पढ्नुहोस्